गृहपृष्ठ प्रधानमन्त्रीद्वारा खातुनको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्रीद्वारा खातुनको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्रीद्वारा खातुनको निधनप्रति दुःख व्यक्त

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारलाई मातृशोक परेको छ । दमसम्बन्धी समस्याबाट पीडित नेता सत्तारकी ९४ वर्षीया आमा हज्जिन सफिना खातुनको नारायणी सामुदायिक अस्पताल चितवनमा सोमबार उपचारका क्रममा निधन भएको हो ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गर्दै खातुनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाले स्व. खातुनप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चीरशान्तिको कामना साथै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्ना तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् । स्व.खातुन नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका खेलेको कांग्रेसले जनाएको छ । खातुनको निधनबाट कांग्रेसले एक अग्रज व्यक्ति गुमाएको बताएको छ ।

प्रकाशित समय : १७:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु