moneygram ime

गृहपृष्ठ टीभीएसले ल्यायो ‘बबाल फाइनान्स अफर’

टीभीएसले ल्यायो ‘बबाल फाइनान्स अफर’

टीभीएसले ल्यायो ‘बबाल फाइनान्स अफर’
citizen life insurance

नेपालका लागि टीभीएस मोटर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ ‘बबाल फाइनान्स अफर’ ल्याएको छ । जगदम्बा मोटर्सले आकर्षक सुविधा सहितको योजना सार्वजनिक गरेको हो ।

यस योजनाअन्तर्गत ग्राहकहरूले टीभीएस मोटरसाइकल र स्कुटर २० प्रतिशत डाउन पेमेन्ट सुविधामा अथवा न्यूनतम ईएमआई क्रमश: जुपिटरमा तीन हजार ९०८ रुपैयाँ, एनटोर्क स्क्वायड एडिसनमा पाँच हजार २५४ रूपैयाँ र अपाचे आरटीआर २०० फोर भीमा ६ हजार ८२२ रूपैयाँमा खरिद गर्न सक्नेछन् । त्यसैगरी, अपाचे आरटीआर २०० फोर भीको नगद खरिदमा ग्राहकले टीभीएस रेसिङ ज्याकेट निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

कुनै पनि पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ टीभीएस खरिद गर्दा बजारकै उत्कृष्ट मूल्यांकन गराउने टीभीएसले जानकारी दिएको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले झन्झटमुक्त प्रक्रियाबाट टीभीएस मोटरसाइकल र स्कुटर खरिद गर्न सक्ने कम्पनीको भनाइ छ ।

प्रकाशित समय ०९:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

muktinath bikas bank