काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सिभिल बैंकका ग्राहकलाई ४० वटा कम्पनीमा छुट (सूचीसहित)

9.91K
shares

सिभिल बैंकले विभिन्न ४० वटा कम्पनीको सेवामा आफ्ना ग्राहकहरुको लागि छुटको व्यवस्था गरेकाे छ । बैंकले हालसम्म आफ्ना ग्राहकलाई अस्पताल, रेष्टुरेन्टदेखि लिएर ब्युटी पार्लरसम्म छुटको व्यवस्था गरेको जानकारी दिएको छ ।

बैंकको विद्युतिय भुक्तानी प्रणाली ‘सिभिल स्मार्ट’ अथवा एटीएम कार्डको प्रयोग गरी भुक्तानी गर्दा ग्राहकलाई सो स्थानहरुमा छुटको व्यवस्था हुनेछ । कारोबार नगदरहित बनाउन विभिन्न कम्पनीसँग सम्झौता गरेको बैंकले जनाएको छ । यसका साथै, आगामी दिनहरुमा यसको अन्य संघ संस्थाहरुसँग पनि सम्झौता गरिने योजना रहेको बैंकका चिफ बिजनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ भोला बहादुर विष्टले बताए ।

करिब आठ लाख ग्राहकलाई ११५ शाखामार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकको हालसम्म १३ एक्सटेन्सन काउन्टर र ९९ एटीएम रहेका छन् । बैंकले गत असार मसान्तसम्म ९६ अर्बभन्दा बढी निक्षेप परिचालन गरी ८७ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेको छ ।