गृहपृष्ठ ‘निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिन सकिँदैन’

‘निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिन सकिँदैन’

‘निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिन सकिँदैन’

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले २० वर्षपछि पनि निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिन नसकिने बताएका छन् ।

आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले क्रस बोर्डर विद्युत व्यापारमा खुला पहुँच र प्रसारण मूल्य निर्धारणलाई प्राथमिकता विषयक परामर्श कार्यशाला कार्यक्रममा घिसिङले प्राधिकरणले ट्रान्समिसन प्रसारण लाइनको जोखिम र शुल्क तिर्ने र २० वर्षपछि निजी क्षेत्रलाई व्यापार गर्न दिने कुरा हुन नसक्ने स्पष्ट पारे ।

उनले प्रसारण लाइनमा वन तथा अन्य विविध कारणले प्रसारण शुल्क बढाउँदै जान नहुने बताए । पछिल्लो समय ट्रान्समिसन प्रसारणमा शुल्क उच्च हुँदै गएको उनको भनाइ छ । निर्देशन घिसिङले प्रसारण लाइनको लागत कम गर्नुपर्ने बताए ।

उनले विद्युतकाे मूल्य भारतमा राम्रो पाएकाले यो वर्ष विद्युत प्राधिकरणले करिब १६ अर्ब रुपैयाँ विद्युत निर्यातबाट कमाउने बताए । गत वर्ष प्राधिकरणले पाँच अर्बको विद्युत निर्यात गरेको थियो । ‘विद्युत् व्यापारमा भारतबाट राम्रै मूल्य आएको छ । प्राधिकरणले केही कमाइरहेको छ । विगतमा एक वर्षमा ५ अर्बको निर्यात गरेका छौँ,’ उनले भने, ‘यो वर्ष प्राधिकरणले करिब १६ अर्बभन्दा बढीको विद्युत् निर्यात गर्छ । विद्युतका लागि जुन जोखिम लिएका थियौँ । अब २० वर्षपछि यसलाई परिवर्तन गरेर निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिने कुरा हुँदैन ।’

प्रकाशित समय : १९:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु