गृहपृष्ठ साफ यु-२० च्याम्पियनसिप : नेपाल र भारत भिड्दै

साफ यु-२० च्याम्पियनसिप : नेपाल र भारत भिड्दै

साफ यु-२० च्याम्पियनसिप : नेपाल र भारत भिड्दै

साफ यु-२० च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले आज आइतबार तेस्रो खेलमा साविक विजेता भारतको सामना गर्दैछ । साे खेल भारतकाे भुवनेश्वरस्थित कालिंगा स्टेडियममा बेलुका ७:१५ बजे सुरु हुनेछ ।

नेपाल २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । यदि भारतलाई हराएमा नेपाल शीर्ष स्थानमा उक्लनेछ । भारत पनि नेपाललाई हराएर दोस्रो जित निकाल्न चाहन्छ । भारत २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । फाइनलमा स्थान बनाउन भारतलाई नेपालविरुद्धको खेल जित्नुपर्ने दबाब रहेको छ ।

पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले हराएको थियो । यस्तै दोस्रो खेलमा नेपालले श्रीलंकालाई ३-० गोल अन्तरले हराएको थियो ।

पाँच राष्ट्र सहभागी च्याम्पियनसिपको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । नेपालले मंगलबार अन्तिम खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित समय : ०८:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु