global ime bank Long Banner Ad

गृहपृष्ठ अर्थमन्त्रीबारे निर्णय गर्न माओवादी स्थायी समिति बैठक बस्दै

अर्थमन्त्रीबारे निर्णय गर्न माओवादी स्थायी समिति बैठक बस्दै

अर्थमन्त्रीबारे निर्णय गर्न माओवादी स्थायी समिति बैठक बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ । बैठक काेटेश्वरकाे पेरिसडाँडास्थित पार्टी कार्यालयमा दिउँसो ३ बजे बस्ने माओवादी केन्द्रले जनाएकाे छ ।

संसदीय छानबिन समितिले चालु आर्थिक वर्षको बजेटमा करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता पुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेपछि  बैठक बस्न लागेको हो । बैठकमा अर्थमन्त्रीको विषयमा छलफल हुने बताइएकाे छ ।

अनधिकृत व्यक्तिलाई मन्त्रालय प्रवेश गराएर करको दर हेरफेरको आरोप लागेपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले असार २२ मा पदबाट राजीनामा दिएका थिए । तर सो कुरा पुष्टि हुन नसकेपछि शर्मालाई नै अर्थमन्त्रीको रुपमा पठाउने कि अरू कसैलाई भन्ने विषयमा आज निर्णय हुन सक्ने एक नेताले बताए ।

प्रकाशित समय : ०९:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु