गृहपृष्ठ उत्तरी चीनमा भीषण वर्षा र बाढी, ८० हजार जनता प्रभावित
उत्तरी चीनमा भीषण वर्षा र बाढी, ८० हजार जनता प्रभावित
चीनको उत्तरपूर्वी लिओनिङ प्रान्तमा आएको भारी वर्षा र बाढीका कारण झण्डै ८० हजार मानिस प्रभावित भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
लिओनिङ बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयका अनुसार करिब १ हजार ६०० हेक्टर बाली प्रभावित भएको छ । यसमा १२.७ मिलियन युआन (लगभग १९ मिलियन अमेरिकी डलर)को प्रत्यक्ष आर्थिक क्षति भएको छ । प्रदेशका १३ मझौला र १७ वटा साना जलाशयमा पानीको बहाव बढेकाले बाढीको चेतावनीको स्तर नाघेको बताइएको छ । उनीहरू अहिले बाढीको पानी निकासी गर्न प्रयत्नशील छन् ।
बिहीबारदेखि शनिबारसम्मको मुसलधारे वर्षाको बीच अधिकारीहरूले प्रान्तका करिब ७० हजार मानिसलाई सुरक्षित स्थानमा सारिसकेका छन् ।
प्रकाशित समय : ०९:४६ बजे



















