गृहपृष्ठ एसईईको पुरक परीक्षा भदौ ११ र १२ मा
एसईईको पुरक परीक्षा भदौ ११ र १२ मा
राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धिका परीक्षा लागि तालिका सार्वजनिक गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले एसईईमा ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विषयहरुमध्ये आफूले चाहेको बढीमा दुई विषयसम्म ग्रेडवृद्धि (पुरक) परीक्षामा सहभागी हुन पाउने जनाएको छ । तर त्योभन्दा माथिल्लो जीपीए ल्याउने विद्यार्थी पनि विषयगत रूपमा प्राप्त ग्रेडमा चित्त नबुझेमा ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् ।
त्यसका लागि भदौको ११ र १२ गते परीक्षा सञ्चालन गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । तर परीक्षाफल रद्द भएका परीक्षार्थीले भने उक्त ग्रेडवृद्धिमा सहभागी हुन पाउने छैनन् । एसईईमा १ दशमलव ६ जीपीए ल्याउनेले कक्षा ११ मा भर्ना हुन पाउनेछन् । कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित विषय अध्ययन गर्न चाहनेले भने एसईईमा यी चारवटा विषयमा कम्तीमा ‘सी प्लस ग्रेड’ हासिल गरी समग्र नतिजामा न्यूनतम १ दशमलव ६ जीपीए प्राप्त गरेको हुनुपर्नेछ ।
भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित विषय बाहेकका अन्य विषय पढ्न चाहनेले एसईईमा न्यूनतम १ दशमलव ६ जीपीए हासिल गरेको हुनुपर्ने तर विषयगत ग्रेडको कुनै बन्धन नभएको बोर्डले जनाएको छ ।
सूचना :

प्रकाशित समय : १०:०३ बजे



















