गृहपृष्ठ ट्राफिक प्रहरी कार्यालय तनहुँले गर्यो एक वर्षमा तीन करोड ७९ लाख राजस्व संकलन
ट्राफिक प्रहरी कार्यालय तनहुँले गर्यो एक वर्षमा तीन करोड ७९ लाख राजस्व संकलन
जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले एक वर्षको अवधिमा सवारीसाधन कारबाही गरेर तीन करोड ७९ लाख ३३ हजार राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा ५५ हजार छ सय सवारीसाधनलाई कारबाही गर्दा उक्त रकम संकलन भएको हो ।
सो क्रममा सबैभन्दा बढी मोटरसाइकललाई कारबाही गर्दा राजस्व संकलन भएको छ । नियम उल्लघंन गरी सवारीसाधन चलाउनेमा दुई पाङ्ग्रे चालक रहेको ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिए ।
उनका अनुसार २० हजार ५०० मोटरसाइकललाई कारबाही गर्दा एक करोड ४७ लाख ३९ हजार ५०० राजस्व संकलन भएको छ । त्यस्तै ११ हजार २२१ ट्रक टिपरलाई कारबाही गर्दा ७७ लाख ८३ हजार, सात हजार ५०० तीन बसलाई कारबाही गर्दा ४८ लाख ४३ हजार ५१२ हजार ३५७ जीप कारलाई कारबाही गर्दा ७९ लाख ४४ हजार ५०० र दुई हजार ९६६ ट्याक्टरलाई कारबाही गर्दा २० लाख ३२ हजार राजस्व संकलन भएको छ । अन्य ६५६ सवारीसाधनलाई कारबाही गर्दा चार लाख २३ हजार संकलन भएको कार्यालयले जनाएको छ ।
प्रहरीले मादक पदार्थ सेवन गर्ने बिरुद्ध पनि चेक कडाइ गर्ने गरेको छ । उक्त आर्थिक वर्षमा ३८३ सवारीसाधनका धनी मादकपदार्थ सेवन गरेबापत कारबाहीमा परेका छन् । उनीहरुबाट तीन लाख ८३ हजार राजस्व संकलन भएको बताइएको छ ।
प्रकाशित समय : १२:५५ बजे

















