गृहपृष्ठ दुई लाख लुटेर फरार भएका दुईजना रकमसहित पक्राउ

दुई लाख लुटेर फरार भएका दुईजना रकमसहित पक्राउ

दुई लाख लुटेर फरार भएका दुईजना रकमसहित पक्राउ

जनकपुरधामबाट दिउँसै एक महिलाको दुई लाख लुटेर फरार भएका दुईजनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । धनुषाका एसपी वसन्त रजौरेका अनुसार पक्राउ पर्नेमा लक्ष्मीनियाँ गाउँपालिका-७ का २० वर्षीय जीतेन्द्रप्रसाद साह र २१ वर्षीय दीपेन्द्र मण्डल रहेका छन् ।

विदेशबाट पठाएको दुई लाख गत सोमबार मिल्स एरियास्थित एभरेष्ट बैंकबाट झिकेर फर्किदै गरेकी सबैला नगरपालिका-४ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका-१ मा बस्दै आएकी शर्मिला देवीको साथबाट रकम लुटेर उनीहरु फरार भएका थिए ।

प्रहरीले जीतेन्द्रको साथबाट लुटिएको मोबाइल र ५४ हजार नगद तथा दीपेन्द्रको साथबाट ७८ हजार बरामद गरेको छ । दुवैजनाले रकम लुटेपछि भागबण्डा गरेका थिए । धनुषा प्रहरीले उनीहरुको साथबाट प्रदेश २-०२-००५ प ८५ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ ।

प्रकाशित समय : १०:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु