गृहपृष्ठ अवैध काठसहित ट्र्याक्टर चालक पक्राउ
अवैध काठसहित ट्र्याक्टर चालक पक्राउ

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा अवैध काठसहित ट्र्याक्टर चालक पक्राउ परेका छन् । भूमिकास्थान नगरपालिका-६ खिल्जीको माछामारेमा ६६.४८ क्युफिट सालको काठसहित, लु३त ३९६९ नम्बरको ट्र्याक्टरका चालक २७ वर्षीय विनोद परियारलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी अमरबहादुर थापाका अनुसार जिल्ला प्रहरी र प्रहरी चौकी खिल्जीको संयुक्त टोलीले जाँच गर्दा अवैध काठ फेला परेको हो ।
काठसहित चालक परियारलाई कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाइएको प्रमुख थापाले जानकारी दिए ।
प्रकाशित समय : १०:३१ बजे