गृहपृष्ठ ओम मेगाश्री फर्मास्यूटिकल्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

ओम मेगाश्री फर्मास्यूटिकल्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

ओम मेगाश्री फर्मास्यूटिकल्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै प्रभु क्यापिटल लिमिटेड र ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडबीच फर्मास्यूटिकल्सको कार्यालय बानेश्वरमा सर्वसाधारणमा सेयर निष्कासनका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

ओम मेगाश्री फर्मास्यूटिकल्स सम्झौतामा ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार ओम मेगाश्री फर्मास्युटिकल्सको १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता सेयर प्रभु क्यापिटलले निष्कासन गर्नेछ । कम्पनीले जारी पुँजी ४० करोड रुपैयाँ मध्ये ३० करोड रुपैयाँ संस्थापकहरुबाट चुक्ता भइसकेको अवस्थामा १० करोडको सेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो ।

प्रकाशित समय : ११:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु