गृहपृष्ठ अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल आउँदै
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल आउँदै
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल भ्रमणमा आउने भएका छन् । उनी आज साँझ नेपाल आउने परराष्ट्र मन्त्रालयले स्रोतले जानकारी दियो ।
नेपालले एसपीपीमा सहभागी नहुने निर्णय गरेपछि अमेरिकी उच्च अधिकारीको यो पहिलो भ्रमण हो । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिकी भ्रमण रद्द भएपछि उनी नेपाल आउन लागेका हुन् ।
नेपालमा रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्र मन्त्री नारायण खड्का लगायतलाई भेट्ने स्रोतले जनाएको छ । यद्यपि उनका अन्य कार्यक्रमहरुबारे औपचारिक रुपमा केही पनि सार्वजनिक गरिएको छैन ।
गत बर्षको मंसिरमा उनी नेपाल आएलगत्तै एमसीसी पारित भएको थियो । त्यसैले अहिले हुन लागेको उनको भ्रमणलाई चासोका साथ हेरिएको छ ।
प्रकाशित समय : ०७:४२ बजे


















