गृहपृष्ठ डिशहोमको नयाँ सेवा, डिशहोम आई टीभी
डिशहोमको नयाँ सेवा, डिशहोम आई टीभी
इन्टरनेट सेवालाई द्रुत गतिमा विस्तार गरिरहेका डिशहोम नेटवर्कले डिशहोम आइपी टीभी सेवाको सुरुवात गरेको छ ।
डिशहोमआई टीभीको नाममा यो सेवाको सुरुवात भएको जनाउँदै ग्राहकले डीटीएचलाई जस्तै अन्य सेवाप्रदायकभन्दा गुणस्तरीय र उत्कृष्ट सेवा दिनेमा कम्पनीले विश्वास लिएको छ ।
नेपालको एकमात्र डीटीएच सेवा प्रदायक डिश मिडिया नेटवर्क १२ वर्षदेखि पे टीभी इन्डस्ट्रीमा आफ्नो बेग्लै पहिचान बनाउन सफल रहेको छ । २०६७ सालमा होमटीभीको नाममा आफ्नो सेवा प्रारम्भ गरेकोमा पछि डिश नेपालसँग मर्जर गरी डिशहोम नाममा आफ्नो सेवालाई सञ्चालनमा ल्याएको थियो ।
टीभीमा मात्र आफ्नो सेवा प्रदान गरिरहेको डिश मिडिया नेटर्वकले आफ्नो व्यवसायलाई विस्तारसँगै अन्य सेवा प्रदायकभन्दा उत्कृष्ट, सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्नका लागि केवल टीभी, इन्टरनेट, ताररहित Terrestrial (T2) टीभी र आइपी टीभीमा समेत आफ्नो सेवा लाई विस्तार गरेको छ ।
प्रकाशित समय : २१:५१ बजे


















