global ime bank Long Banner Ad

गृहपृष्ठ द्रौपदी मुर्मुले लिइन् राष्ट्रपतिको शपथ

द्रौपदी मुर्मुले लिइन् राष्ट्रपतिको शपथ

द्रौपदी मुर्मुले लिइन् राष्ट्रपतिको शपथ

द्रौपदी मुर्मुले पद तथा गोपनियताको शपथ लिएकी छन् । उनलाई प्रधानन्यायाधीश एनभी रमानाले सोमबार आयोजित विशेष समारोहमा पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।

शपथ समारोहमा पूर्वराष्ट्रपति रामनाथ कोविन्द, निवर्तमान उपराष्ट्रपति एम वेंकैया नायडू, प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस अध्यक्ष सोनिया गान्धी उपस्थित थिए ।

कार्यक्रममा मुर्मुको गृहराज्य ओडिसाका मुख्यमन्त्री नवीन पटनायक लोकसभा अध्यक्ष ओम बिर्ला र विभिन्न दलका सांसदहरूको उपस्थिति थियो ।

६४ वर्षीय मुर्मु भारतको दोस्रो महिला र आदिवासी समुदायको पहिलो राष्ट्रपति हुन् । उनी भारतका १५औँ राष्ट्रपति हुन् ।

प्रकाशित समय : १२:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु