गृहपृष्ठ एसईईको नतिजा एसएमएसमार्फत सहज बनाउन स्पारो एसएमएस र परीक्षा बोर्डबीच साझेदारी
एसईईको नतिजा एसएमएसमार्फत सहज बनाउन स्पारो एसएमएस र परीक्षा बोर्डबीच साझेदारी
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एसईई विद्यार्थीहरुको २०७८/७९ को नतिजा हेर्नको लागि एसएमएस सेवा उपलब्ध गराउने भएको छ ।
यसका लागि स्पारो एसएमएससँग सम्झौता गरेको बोर्डले जनाएको छ । एसईई विद्यार्थीले एसएमएसमार्फत एसईईको नतिजा हेर्न सक्नेछन् । यो साझेदारीसँगै अब नेपालभरका एसईई विद्यार्थी र अभिभावकहरूले सजिलै र सहज रूपमा एसएमएसमार्फत आफ्नो नतिजा हेर्न सक्नेछन् ।
परीक्षाको नतिजा सिधै मोबाइल फोनमा उपलब्ध हुनेछ । विगत १० वर्षदेखि देशभरका विद्यार्थीहरूले यस सेवाबाट लाभान्वित हुँदै आएका छन् ।
स्पारो एसएमएस आधिकारिक एसएमएस सेवा प्रदायक हो र एक दशकदेखि प्रत्येक वर्ष एसईईको नतिजा प्रकाशित गर्दै आएको छ ।
प्रकाशित समय : १२:२३ बजे


















