गृहपृष्ठ सुनको मूल्य १ सय रूपैयाँ घट्यो, चाँदीको स्थिर
सुनको मूल्य १ सय रूपैयाँ घट्यो, चाँदीको स्थिर

सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएकाे छ । चाँदीको मूल्य भने स्थिर छ ।
आज छापावाल सुन प्रतितोला ९४ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यो मूल्य अघिल्लो दिनको तुलनामा एक सय रुपैयाँ घटेको हो । आइतबार छापावाल सुन प्रतितोला ९४ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी आइतबारकै मूल्य प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित समय : ११:५२ बजे