global ime bank Long Banner Ad

गृहपृष्ठ दराजको महाबचत योजना, ६० प्रतिशतसम्म छुट

दराजको महाबचत योजना, ६० प्रतिशतसम्म छुट

दराजको महाबचत योजना, ६० प्रतिशतसम्म छुट

अनलाइन बजार दराजले आफ्नो वार्षिक अभियान महाबचत बजारको घोषणा गरेको छ । साउन ८ (२४ जुलाई) देखि सुरु हुने यो अभियानको मुख्य उद्देश्य दराजमा किनमेल गर्दा ग्राहकलाई थप बचत गर्ने अवसर प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ ।

दराजका अनुसार यो अभियानमा ६० प्रतिशतसम्म छुट, अनलाइन प्रिपेमेन्टमा १ हजार ५ सयसम्म छुट, ७ हजारसम्मको भौचर, निःशुल्क सिपिङ र बम्पर उपहारमा टर्की उड्ने निःशुल्क टिकट जित्ने मौका रहेको छ ।

दराजका ग्राहकले डेबिड कार्डबाट प्रिपेमेन्ट गरेमा १० प्रतिशत (अधिकतम १ हजार) र क्रेडिट कार्डबाट प्रिपेमेन्ट गरेमा १२ प्रतिशत (अधिकतम १ हजार ५ सय)सम्मको छुट प्राप्त गर्न सक्ने छन् ।

नेपाल इन्भेष्टमेन्ट, सानिमा, माछापुच्छ्रे, एभरेष्ट, बीओके, एनसीसी नेपाल बैंक, मुक्तिनाथ र ज्योति विकास बैंकका कार्डबाहकले प्रिपेमेन्ट छुटको लाभ लिन सक्ने दराजले जनाएको छ । यसबाहेक ई–सेवा वालेटमार्फत् भुक्तानी गर्ने ग्राहकले सीमित अवधिका लागि १० प्रतिशत (अधिकतम १ हजार रुपैयाँ)सम्मको छुट प्राप्त गर्न सक्ने छन् ।

दराज महाबचत बजारमा एक रुपैयाँमा गेम खेल्न पाउने अवसर पनि छ । ग्राहकले न्यू क्लासिक हेल्मेट, हाइग्राउन्ड एडभेन्चर तथा प्रोआर्टको सामग्रीमध्ये कुनै एक पुरस्कारका लागि मात्र खेल्न सक्नेछन् । खेलमा सहभागी हुनका लागि ग्राहकले अनलाइन प्रिपेमेन्टमार्फत् १ रुपैयाँ भुक्तान गर्नु पर्ने छ ।

प्रकाशित समय : २१:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु