global ime bank Long Banner Ad

गृहपृष्ठ ललितपुर महानगरलाई राफ्ट इलेक्ट्रिक स्कुटर हस्तान्तरण

ललितपुर महानगरलाई राफ्ट इलेक्ट्रिक स्कुटर हस्तान्तरण

ललितपुर महानगरलाई राफ्ट इलेक्ट्रिक स्कुटर हस्तान्तरण

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई इलेक्ट्रिक प्रालिद्वारा ललितपुर महानगरपलिकालाई ५ थान राफ्ट इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरेका छ । स्कुटर नगरपालिकाको एक कार्यक्रममा ललितपुर नगर प्रहरीलाई पुनः महानगरपलिकाले हस्तान्तरण गरेका हो ।

आइएमई इलेक्ट्रिक प्रालि राफ्ट इलेक्ट्रिक स्कूटरहरु नेपालका लागि आधिकारिक बिक्रेता हो । नगरपालिकालाई हस्तान्तरण गरिएको राफ्ट वारिअर भारतमा उत्पादन भएको हो ।

एक पटक फुल चार्जमा १०० किमिसम्म गुड्न सक्ने कम्पनीले जनाएको छ । अधिकतम किमि, बलियो बनावट साथै आधिक पर्फर्मेन्स दिनसक्ने भएकाले सो स्कुटर खरिद गरिएको नगरपालिकाले बताएको छ ।

भारतमा उत्पादित राफ्ट स्कुटर, वारिअर साथै टिस्टा, इण्डुस, नुब्रा , जिस्पासमेत नेपालमा उपलब्ध मोडल हुन् । कि लेस स्टार्ट, रिमोट लक्किङ, रिवर्स गियर, थेफ्त अलर्मसमेत रहेको छ । सेगमेटकै धिकतम ३२० किमि रेन्ज दिन सक्ने स्कुटर पनि नेपाली बजारमा रहेको कम्पनीले बताएको छ ।

चिरिबाबु महर्जनका अनुसार नगर सुरक्षालाई व्यवस्थित गर्न र प्रभावकारी कार्य गर्न नगर प्रहरीलाई यस स्कुटर अझ सुविधा हुने बताए । नगर प्रमुख सिताराम हाछेथुले भने क्विक रेस्पोन्स टिमले सो स्कुटरलाई प्रयोग गर्ने र निरन्तर नगर व्यवस्थापनमा खटिन मद्धत पुग्ने बताउँदै महानगरलाई धन्यवाद व्यक्त गरे ।

प्रकाशित समय : २०:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु