global ime bank Long Banner Ad

गृहपृष्ठ मेगा बैंकले ल्यायो ‘एक-से-एक बचत खाता’

मेगा बैंकले ल्यायो ‘एक-से-एक बचत खाता’

मेगा बैंकले ल्यायो ‘एक-से-एक बचत खाता’

मेगा बैंक नेपाल लिमिटेडले ‘एक-से-एक बचत खाता’ नामक नयाँ आकर्षक बचत खाता योजना ल्याएको छ ।

मेगा बैंकले ‘एक-से-एक बचत खाता’ नाम दिएको यस बचत खातामा सगरमाथा, कञ्चनजंघा र ल्होत्से गरी तीनवटा हिमालको नामकरण गरी फरक फरक सुविधाहरु ल्याएको हो । यी योजनाहरुमा ८.०३ प्रतिशत ब्याज पाइनुका साथै बिभिन्न आकर्षक सुविधा तथा छुटको पनि व्यवस्था गरिएको छ ।

यसैगरी, यी तीनैवटा योजनामा डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ चेक बुक र इ-कमर्स रजिष्ट्रेसन नि:शुल्क गरिएको छ भने क्रेडिट कार्ड सुविधा पनि उपलब्ध छ । यसका साथै, ग्राहकहरुलाई रिटेल लोन प्रक्रिया शुल्कमा ०.२५ छुटसहित प्रिपेड डलर कार्ड, लकरलगायत विविध सेवामा छुटको व्यवस्था गरिएको छ ।

मेगा बैंकले ग्राहकलाई आकर्षक र नवीनतम सुविधाहरु प्रदान गर्दै आएको छ । मेगा बैंकका देशभरकै २ सय ८ वटै शाखा तथा २५ वटा एक्सटेन्सन काउन्टरहरुबाट यस योजनाअन्तर्गत खाता खोल्न सकिने बैंकले जनाएको छ ।

प्रकाशित समय : १५:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु