global ime bank Long Banner Ad

गृहपृष्ठ दोहोरो अंकले घट्यो नेप्से, १३ वटै समूहका सूचक राताम्मे

दोहोरो अंकले घट्यो नेप्से, १३ वटै समूहका सूचक राताम्मे

दोहोरो अंकले घट्यो नेप्से, १३ वटै समूहका सूचक राताम्मे

साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयरबजार परिसूचक नेप्से २७.२६ अंकले घटेको छ । आज कारोबारमा आएका २१२ वटा कम्पनीको २३ हजार पटकको कारोबारमा १ अर्ब ४४ करोड ३४ लाख ३२ हजार रुपैयाँ बराबरको ३३ लाख २० कित्ता सेयर कारोबार भएको छ ।

शुक्रबार २०४६.६२ बिन्दुबाट सुरु भएको सेयरबजार कारोबार १.३३ प्रतिशतले घटेर २०१७.४६ बिन्दुमा बन्द भएको हो । बजार घटेसँगै यस दिन ठूला कम्पनीका सूचक मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ५.४० अंकले घटेर ३८६.२४ बिन्दुमा अडिएका छन् ।

शुक्रबार बजार ओरालो लाग्दा १३ वटै समूहका सूचक राताम्मे भएका छन् । सर्वाधिक व्यापार, होटल्स एण्ड पर्यटन, डेभलपमेन्ट बैंक, म्यानुफ्याक्चर एण्ड प्रोडक्सन र अन्य समूहका सूचक २ प्रतिशतभन्दा बढीले घटेका छन् ।

शुक्रबार १४ वटा कम्पनीका सूचक हरिया देखिएका छन् भने १६४ वटा कम्पनी राताम्मे देखिए । यस दिन सर्वाधिक कमाउनेमा किसान लघुवित्त वित्तीय संस्था छ । कम्पनीको सेयरमूल्य ८ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता ९४९ रुपैयाँ कायम भएको छ ।

यस्तै, सर्वाधिक सप्तकोसी डेभलपमेन्ट बैंकको सेयरमूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ । उक्त कम्पनीको सेयर मूल्य १३ रुपैयाँले घटेर २२६ रुपैयाँ कायम भएको छ । आज सर्वाधिक सेयर कारोबार भने शिवम् सिमेन्टको भएको छ । कम्पनीको २१ करोड २ हजार रुपैयाँ बराबरको कारोबार हुँदा सेयरमूल्य प्रतिकित्ता ७७७ रुपैयाँ कायम भएको छ ।

प्रकाशित समय : १६:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु