गृहपृष्ठ दराज र नेप्सबीच कार्ड प्रि-पेमेन्ट प्रवर्द्धन गर्ने सम्झौता

दराज र नेप्सबीच कार्ड प्रि-पेमेन्ट प्रवर्द्धन गर्ने सम्झौता

दराज र नेप्सबीच कार्ड प्रि-पेमेन्ट प्रवर्द्धन गर्ने सम्झौता

नेपालको अनलाइन बजार दराजले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)सँग दराजमा किनमेल गर्दा प्रि-पेमेन्ट प्रवर्द्धन गर्न सम्झौता गरेको छ ।

आफ्नो अर्डरको लागि नगद अन डेलिभरीमार्फत भुक्तानी गर्न रुचाउने ग्राहकहरूलाई प्रि-पेमेन्टमा रूपान्तरण गर्ने प्रयासमा दराज र नेप्सले अनलाइन सपिङ प्लेटफर्ममा डेबिट र क्रेडिट कार्डहरूको प्रयोगलाई प्रोत्साहन दिइरहेको बताइएको छ ।

सम्झौता पत्रमा दराज नेपालका डिजिटल पेमेन्ट एण्ड पार्टनरसिप प्रमुख अरुण फुयाँल र नेप्सका सिबिओ पविन्द्र राजभण्डारीबीच हस्ताक्षर गरेका हुन् । ‘नेपाली ई-कमर्स इकोसिस्टमलाई नयाँ उचाइमा पुग्न मद्दत गर्न डिजिटल सपिङ प्लेटफर्म प्रयोग गर्दै ग्राहकहरूलाई थप डिजिटल भुक्तानी विधिहरू छनौट गर्न प्रोत्साहित गर्न हाम्रो साझेदारीप्रति उत्साहित र आशावादी छौं,’ दराज नेपालका डिजिटल पेमेन्ट एण्ड पार्टनरसिप प्रमुख अरुण फुयाँलले भने ।

ग्राहकहरूलाई नगदबाट डिजिटल वित्तीय कारोबारमा स्वीच गर्न प्रोत्साहित गर्ने प्रयासमा दराजले विभिन्न बैंकहरू र डिजिटल वालेटहरूसँग सम्बन्ध र भुक्तानी साझेदारी बढाउँदै आएको बताइएको छ । दराजले थुप्रै बैंकहरूसँग साझेदारी गरेको छ, जसले ग्राहकहरूलाई तोकिएको बैंकमा भुक्तानी गर्दा विशेष छुटहरू प्राप्त गर्न अनुमति दिनेछ ।

ग्राहकहरूले दराज एपमा आफ्नो अर्डर चेक आउट गर्दा र बैंक अफ द डेज डेबिट वा क्रेडिट  कार्डमार्फत भुक्तानी गर्ने विकल्प चयन गर्दा दैनिक बैंक छुट भौचरहरू प्रयोग गर्न सक्नेछन् । संकलित भाैचरहरू चेकआउटको समयमा स्वचालित रूपमा लागू हुने कम्पनीले बताएको छ ।

प्रकाशित समय : २०:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु