नेप्सेको उकालो यात्रा रोकियो
वि.सं.२०७९ साउन ५ बिहीवार १६:२२
shares

नेप्सेको लगातारको उकालो यात्रा राेकिएकाे छ । गएको असार २७ गते ७७ अंकले घटेपछि त्यसयता निरन्तर उकालो लागेको नेप्से आठ दिनपछि बिहीबार घटेकाे छ ।
आज नेप्से ५.८७ अंकले घटेर २०४४.७२ विन्दुमा झरेको छ । सेन्सेटिभ इन्डेक्स पनि ०.२२ प्रतिशत घटेर ३९१.६४ विन्दु कायम भएको छ । बिहीबार २२५ धितोपत्रको ३९ लाख आठ लाख ३९५ कित्ता सेयर एक अर्ब ६४ करोड रुपैयाँमा खरिदबिक्री भएको छ ।
आज सर्वाधिक रकमको सेयर खरिद-बिक्री शिवम् सिमेन्टको भएको छ । शिवमकाे १७ करोड ८० लाख रुपैयाँको सेयर खरिदबिक्री भए । दोस्रो स्थानमा एनआईसी एशिया बैंक रहेको छ ।
सेयर मूल्य सर्वाधिक वृद्धि हुने पहिलो नम्बरमा सेन्ट्रल फाइनान्सछ । यो कम्पनीको सेयर मूल्य ३.१६ प्रतिशतले वृद्धि भएको छ । कारोबारमा आएका १३ मध्ये दुई समूहको उपसूचक वृद्धि भएको छ । बाँकी सबै समूहको उपसूचक राताम्मे छन् ।
उपसूचक वृद्धि हुनेमा बैंकिङ समूह ०.१७ प्रतिशत र ‘अन्य’ समूह १.०९ प्रतिशत रहेका छन् । सर्वाधिक उपसूचक घट्नेमा व्यापार समूह रहेको छ । यो समूहको उपसूचक १.५८ प्रतिशत घटेको हो । जीवन बिमा समूहको १.५२ प्रतिशत, लगानी समूहको १.०७ प्रतिशत र विकास बैंक समूहको उपसूचक ०.९८ प्रतिशत घटेको छ ।

























