काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आइजीपी नियुक्ति विवादको मुद्दामा सुनुवाई हुँदै

9.05K
shares

नेपाल प्रहरीको आइजीपी विवाद मुद्दामा आज (शुक्रबार) जवाफी वहस हुँदैछ । आज रिट निवेदकका तर्फबाट जवाफी वहस हुन लागेको हो ।

वहस सकिएपछि आज नै सर्वोच्च अदालतले फैसला सुनाउन सक्नेछ । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दाको अन्तिम सुनुवाइ भइरहेको छ ।

केही हप्तादेखि आइजीपी विवादको रिटमाथि सर्वोच्चमा निरन्तर सुनुवाइ जारी छ । आफूलाई प्रहरी महानिरीक्षक बढुवा नगर्ने निर्णय गैरकानूनी भएको दाबी गर्दै एआइजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । सरकारले धिरजप्रताव सिंहलाई प्रहरी प्रमुख बनाएको थियो ।