गृहपृष्ठ आइजीपी नियुक्ति विवादको मुद्दामा सुनुवाई हुँदै
आइजीपी नियुक्ति विवादको मुद्दामा सुनुवाई हुँदै
नेपाल प्रहरीको आइजीपी विवाद मुद्दामा आज (शुक्रबार) जवाफी वहस हुँदैछ । आज रिट निवेदकका तर्फबाट जवाफी वहस हुन लागेको हो ।
वहस सकिएपछि आज नै सर्वोच्च अदालतले फैसला सुनाउन सक्नेछ । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दाको अन्तिम सुनुवाइ भइरहेको छ ।
केही हप्तादेखि आइजीपी विवादको रिटमाथि सर्वोच्चमा निरन्तर सुनुवाइ जारी छ । आफूलाई प्रहरी महानिरीक्षक बढुवा नगर्ने निर्णय गैरकानूनी भएको दाबी गर्दै एआइजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । सरकारले धिरजप्रताव सिंहलाई प्रहरी प्रमुख बनाएको थियो ।
प्रकाशित समय : ०४:३९ बजे



















