गोरुको मासुसहित तीनजना पक्राउ
वि.सं.२०७९ असार ३१ शुक्रवार ०४:३५
shares

जिल्ला प्रहरी कार्यालय चितवनले गोरुको मासुसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको रुवी गाउँपालिका-५ का २८ वर्षीय शंकर तामाङ, चितवनको भरतपुर महानगरपालिका-१० का ४५ वर्षीय प्रतीक ठकुरी र कास्कीको पोखरा महानगरपालिका-११ का ३५ वर्षीय होम घिमिरे छन् ।
कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना२ह ३९६९ नम्बरको अटोलाई जाँच गर्ने क्रममा बिहीबार गोरुको मासु फेला परेको हो ।
प्लाष्टिकको बोरामा लुकाइ मासु ल्याउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।

























