गृहपृष्ठ घट्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?
घट्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?
शुक्रबार नेपाली बजारमा सुन-चाँदीको मूल्य घटेको छ । आज छापावाल सुन प्रतितोला ९३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
अघिल्लो दिनको तुलनामा यो मूल्य आठ सय रुपैयाँ कम हो । बिहीबार सुन प्रतितोला ९४ हजार छ सय रुपैयाँमा कारोबार भएकाे थियाे । तेजावी सुनकाे मूल्य पनि घटेकाे छ । शुक्रबार तेजावी सुन प्रतिताेला ९३ हजार ३ सय रूपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।
शुक्रबार चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर ११ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित समय : ०५:४२ बजे



















