आर्थिक वर्षको पहिलो दिन आज नेप्सेमा झिनो सुधार
वि.सं.२०७९ साउन १ आइतवार १५:४७
shares

आर्थिक वर्ष २०७९/८० को सुरुवाती दिन आज सेयर बजार परिसूचक नेप्सेमा झिनो सुधार आएकाे छ । आइतबार नेप्से सूचक १.९३ अंकले बढ्दै २ हजार ११ दशमलव ३९ अंकमा उक्लिएको हो ।
आज ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ०.०२ अंकले बढ्दै ३८५.९३ अंकमा उक्लिएको छ । बजारमा आज १ अर्ब २३ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ ।
यस दिन बैंकिङ, ट्रेडिङ म्यानु एण्ड प्रो, जीवन बिमा र इन्भेष्टमेन्ट समूहको उपसूचकबाहेक ९ वटा उपसूचक ऋणात्मक भएका छन् । सबैभन्दा बढी हाइड्रोपावर समूहको सूचक १.१२ प्रतिशतले घटेको छ भने इन्भेष्टमेन्ट समूहको उपसूचक ०.९१ प्रतिशतले बढेको छ ।

























