गृहपृष्ठ आइसीसी पुरुष विश्वकप लिग : नामिबियाविरुद्ध बलिङ गर्दै नेपाल
आइसीसी पुरुष विश्वकप लिग : नामिबियाविरुद्ध बलिङ गर्दै नेपाल
‘आइसीसी पुरुष विश्वकप लिग टु’को त्रिकोणात्मक सिरिजअन्तर्गत नामिबिया विरुद्धको खेलमा नेपालले सुरुआतमा बलिङ गर्ने भएको छ । नामिबियाले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।
नामिबियाविरुद्ध नेपालले एक खेलाडी परिवर्तन गरेको छ । करण केसी टिमबाहिर रहँदा पवन सर्राफ सुरुआती-११ मा अटाएका छन् । सिरिजको पहिलो भेटमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो ।
सिरिजको दोस्रो खेलमा भने नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो । नामिबिया भने स्कटल्याण्डविरुद्ध दुई खेलमा पराजित भएको छ । नेपाल ‘लिग टु’को अंक तालिकाको पाँचौं स्थानमा रहेको छ । नेपालले १८ खेलमा १७ अंक जोडेको छ । नामिबिया १७ खेलमा १६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
प्रकाशित समय : १५:३९ बजे



















