गृहपृष्ठ प्रचण्ड र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
प्रचण्ड र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । भारत भ्रमण रहेका प्रचण्ड र विदेशमन्त्री जयशंकरबीच शनिबार भेटेवार्ता भएको हो ।
प्रचण्डसँग भेटवार्ताबारे जयशंकरले ट्विटरमा लेखेका छन्, ‘छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र समृद्धिको चाहनामा भारत सदैव भरपर्दो साझेदार रहनेछ ।’ भेटमा आर्थिक सहयोगमा केन्द्रित भएर छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएकाे उनले उल्लेख गरेका छन् ।
प्रचण्डले सुस्मा स्वराज स्मृति भवनमा भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालासँग पनि भेटवार्ता गरेका छन् । बिहान अध्यक्ष दाहालले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवासँग पनि भारतमा भेट गरेका थिए ।
आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेर स्वदेश फर्किने प्रचण्डकाे कार्यतालिका छ ।
प्रकाशित समय : १५:१५ बजे



















