global ime bank Long Banner Ad

गृहपृष्ठ साउदी अरबका नेतासँग बाइडेनको भेटवार्ता

साउदी अरबका नेतासँग बाइडेनको भेटवार्ता

साउदी अरबका नेतासँग बाइडेनको भेटवार्ता

अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार साउदी अरबका नेताहरूसँग भेटवार्ता गरेका छन् । साउदी अरबको जेद्दा सहरमा उनीहरूका बीचमा दुई पक्षीय हितका बारेमा कुराकानी भएको साउदी प्रेस एजेन्सीले जनाएको छ ।

दुई दिने राजकीय भ्रमणका लागि साउदी अरब आएका अमेरिकी राष्ट्रपति बाइडेनलाई राजा सलमान बिन अब्दुलाजिज अल साउदले जेद्दास्थित अल सलाम दरबारमा स्वागत गरेका थिए ।  उनीहरूसँगको भेटवार्तामा साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान अल साउद पनि सहभागी भएका थिए ।

बैठकका क्रममा राजा सलमान र राष्ट्रपति बाइडेनले दुई देशको सम्बन्धको समीक्षा गर्दै यसलाई थप बलियो, फराकिलो र राम्रो बनाउने बारेमा छलफल गरेका थिए । रियाद र वासिङ्टनको सहकार्य र सम्बन्धलाई बलियो बनाउने उपाय र आधारका बारेमा उहाँहरूले विचार विमर्श गरेकाे  जनाइएको छ ।

मध्य पूर्वको आफ्नो पहिलो भ्रमण उनले साउदी अरबबाट अन्त्य गर्न लागेका छन् । बुधबार सुरु भएको उनको भ्रमण शनिबार सकिने बताइएको छ । उनी यसअघि इजरायल र वेस्ट ब्यांक गएका थिए । उनले साउदी अरबको भ्रमण अन्त्य गर्नुपूर्व गल्फ कर्पोरेसन काउन्सिलका सदस्य नेताहरूसँग सामूहिक छलफल गर्नेछन् । छलफलमा साउदी अरबसँगै इजिप्ट र इजरायलका नेता पनि सहभागी हुने जनाइएको छ ।

प्रकाशित समय : १६:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु