काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मतदान अधिकृत ढकालको परिवारलाई २० लाख बिमा भुक्तानी

2.92K
shares

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा सवारी दुर्घटनामा परी ज्यान गुमाएका सहायक मतदान अधिकृत हृदयराम ढकालको परिवारलाई २० लाख बिमा भुक्तानी गरिएको छ ।

वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत निवासी ढकाल वीरेन्द्रनगर नगरपालिकामा कार्यरत कर्मचारी थिए । उनी हरि डिलभूमि माध्यमिक विद्यालयको मतदान केन्द्रमा सहायक मतदान अधिकृतका रूपमा खटिएका थिए । निर्वाचनको सिलसिलामा ढकालको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो ।कर्णाली

निर्वाचन आयोगले राष्ट्रिय बिमा कम्पनीसंग स्थानीय तह निर्वाचनमा खटिएका कर्मचारीहरूका लागि २० लाखको दुर्घटना बिमा सम्झौता गरेको थियो । सोहीअनुसार प्रदेश निर्वाचन कार्यालय कर्णाली प्रदेश र राष्ट्रिय बिमा कम्पनी शाखा सुर्खेतले मंगलबार स्व ढकालका परिवारलाई बिमा रकम हस्तान्तरण गरेको हो ।

वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकाल, उपप्रमुख नीलकण्ठ खनाल, प्रदेश निर्वाचन कार्यालयका प्रमुख दुर्गाप्रसाद चालिसे, राष्ट्रिय बिमा कम्पनी शाखा सुर्खेतका प्रमुख शिवराज बिसीको उपस्थितिमा स्व ढकालका श्रीमती सुष्मा ढकाललाई २० लाखको चेक हस्तान्तरण गरेका थिए ।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख चालिसेले स्थानीय तहको निर्वाचनमा खटिएको समयमा दुर्घटनामा परेर ज्यान गुमाएका ढकालको परिवारलाई राहतस्वरुप बिमा रकम हस्तान्तरण गरिएको कम्पनीका शाखा प्रमुख बिसीले बताए ।