गृहपृष्ठ घट्यो लक्ष्मी लघुवित्तको खुद नाफा, अन्यको अवस्था कस्तो ?
घट्यो लक्ष्मी लघुवित्तको खुद नाफा, अन्यको अवस्था कस्तो ?
लक्ष्मी लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
लघुवित्तले १६ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा १८.४८ प्रतिशत कम हो । अघिल्लो वर्ष यसले १९ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यस्तै, लघुवित्तको चुक्ता पुँजी २० प्रतिशतले वृद्धि भएको छ । यसको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ७५ पैसाले घटेर ४१ रुपैयाँ ८५ पैसामा आएको छ भने प्रतिसेयर नेटवर्थ २२० रुपैयाँ ५६ पैसा कायम भएको छ ।
प्रकाशित समय : ११:०९ बजे




















