काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नबिल बैंकद्वारा ५ वर्षअघिको नगद लाभांश लिन सेयरधनीलाई आग्रह

2.65K
shares

नबिल बैंक (तत्कालीन नेपाल बंगलादेश बैंक र युनाइटेड फाइनान्स)ले एक महिनाभित्र ५ वर्ष पुरानो नगदलाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको छ ।

बैंकले एक महिनाको समयावधि तोकेर सेयरधनीलाई ५ वर्षअघिको नगद लाभांश लिन आग्रह गरेको हो । यता, तोकिएको समयभित्र नगद लाभांश लिन नगएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा पठाइने बैंकले जनाएको छ ।

नगद लाभांश लिन जाँदा सेयर प्रमाणपत्र वा डिम्याट खाता नम्बरका साथै परिचयपत्र बोक्नुपर्नेछ । यस्तै, सेयर रजिष्ट्रारको कार्यालय नबिल इन्भेष्टमेन्ट बैंकिङ नक्साल काठमाडौंमा सम्पर्क गरेर नगद लाभांश बुझ्न सकिनेछ ।