काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सेयर बजार ८.३९ अंकले उकालो लाग्यो

6.87K
shares

साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा उकालो लागेको छ । बुधबार नेप्से परिसूचक ८.३९ अंकले उकालो लागि १८७५ को बिन्दुमा आएर रोकिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक करिब २ अङ्कले वृद्धि भई ३५३.९५ विन्दुमा पुगेको छ।

यसअघि मंगलबार कारोबारमा नेप्से परिसूचक ५.२० अंकले घटेर १८६६.६८ बिन्दुमा आएर रोकिएको थियो । सोही दिन ९१ करोड ७६ लाख रुपैयाँ भन्दाबढीको कारोबार भएको थियो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार कूल २६२ कम्पनीको २६ लाख २ हजार ९५६ कित्ता सेयर खरिद बिक्री हुँदा ८१ करोड ६० लाख रुपैयाँ भन्दाबढीको कारोबार भएको छ । नेप्से सुचकमा १४६ कम्पनीमा वृद्धि भएको छ । ६४ कम्पनीमा ओरालो लागेको र ७ कम्पनी स्थिर रहेको छ ।

कारोबारको आधारमा सिवम सिमेन्ट शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले ६ करोड ४३ लाख भन्दाबढीको कारोबार गरेको छ । नविल बैंक दोश्रो स्थानमा छ । उक्त बैंकले २ करोड ३५ लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको हो ।

बुधबार १३ उपसुचक मध्ये ३ कम्पनी बाहेक सबै कम्पनीमा वृद्धि भएको छ । निमार्ण तथा प्रसोधन ०.१० प्रतिशत, निर्जीवन बिमा ०.५२ प्रतिशत र ट्रेडिङ सुचक ०.४१ प्रतिशतले ओरालो लागेको हो । वृद्धि हुनेमा होटल तथा पर्यटनको १ प्रतिशतले र अन्य सुचकहरुमा सामान्य सुधार देखिएको छ ।

बुधबारको कालिन्चोक दर्शनको करिब १० प्रतिशतको सेयर कारोबार भएको छ। उक्त कम्पनीहरुले सर्वाधिक कमाएका छन्। यसैगरि सानिमा ग्रोथ फण्डको ८ प्रतिशत, लक्ष्मी लघुवित्त वित्तिय संस्थाको ७.४१ प्रतिशत र समता घरेलु लघुवित्त को ६.२२ प्रतिशतले सेयर कारोबार बढेको छ ।