गृहपृष्ठ Tag: #रघुजी पन्त
नेपाल श्रीलंका र पाकिस्तान जस्तो बन्ने हो कि भन्ने खतरा : रघुजी पन्त

नेपालको चुरे पर्वतको खनिज सामग्री नबेच्न नेकपा (एमाले) का सांसद रघुजी पन्तले अर्थमन्त्रीलाई सचेत गराएका छन् । आज प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमाथिको छलफलमा भाग लिँदै सांसद पन्तले देशको प्राकृतिक स्रोत साधन निर्यात गरेर देशको खर्च धान्न नसकिने बन्दै चुरे पर्वत नचलाउन चेतावनी दिएका हुन् । चुरे चलाए देशमा आगो बल्ने सांसद पन्तले चेतावनी दिएका हुन् ।












