काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाली राष्ट्रपतिलाई पाकिस्तानी राष्ट्रपतिको आँप उपहार

13.92K
shares

पाकिस्तानी राष्ट्रपति डा. अरिफ अल्भीले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीलाई आँप उपहार पठाउने भएका छन् ।

पाकिस्तानी राष्ट्रपति अल्भीले ‘व्यापार कुटनीति’अन्तर्गत नेपालसहित १७ देशका राष्ट्र प्रमुखहरूलाई पाकिस्तानमा उत्पादित उच्च गुणस्तरको आँप पठाउन लागेको एआरवाई न्यूजले जनाएको छ ।

यसरी उपहारमा आँप पठाउन लागिएका देशहरूमा नेपाल, कुवेत, साउदी अरब, कतार ओमन, मलेसिया, मोरक्को, सिंगापुर, स्पेन, बेलायत, इटालीसहितका देशहरू रहेको सो सञ्चारमाध्यमले जनाएको छ ।

त्यहाँको संघीय उड्ययन विभागले नागरिक उड्डयन मन्त्रालयलाई लेखेको पत्रमा ती १७ देशका राष्ट्र तथा सरकार प्रमुखहरूलाई आँप उपहार पठाउने व्यवस्था मिलाउनु भनिएको छ ।

टर्किस, कतारी र इमिरेट्स एयरलाइन्सका साथै पाकिस्तानको राष्ट्रिय वायुसेवा (पीआईए)को उडानमाफर्फत कुल ४ हजार ८१० किलो आँप यी १७ देशका राष्ट्र तथा सरकार प्रमुखहरूलाई पठाइने जनाइएको छ ।

पाकिस्तान विश्वकै छैठौं ठूलो आँप उत्पादक र पाँचौं ठूलो आँप निर्यातक मुलुक भएको दाबी गर्दै त्यहाँका बागबानी निर्यातमा सघाउ पुर्‍याउने उद्देश्यले आँप उपहार दिन लागिएको एआरवाई न्यूजले जनाएको छ ।