काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विवाहमा भेला भएका दुलहा-दुलहीसहित १४ जना आफन्तलाई कोरोना पोजेटिभ

14.39K
shares

भारतको उत्तरखण्डस्थित देहरादुन जिल्लामा दुलाहा-दुलहीसहित १४ जना आफन्तमा कोरोना पोजेटिभ देखिएको छ । यसबाहेक मसुरी अस्पतालको एकजना डाक्टरमा पनि कोरोना पोजेटिभ पुष्टि भएको छ । आइतबार देहरादुनमा ३५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

स्वास्थ्य विभागको अनुसार केही दिन अगाडि कावली रोड निवासी एक जना दुलाहाको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि उसको सम्पर्कमा आएका १६ जनाको जाँचको लागि नमूना संकलन गरी पठाएको थियो । यिनीहरुमध्ये दुलाहासहित १४ जनाको रिपोर्ट पोजिटिभ आएको हो । संक्रमित सबैजना क्वारेन्टाइन सेन्टरमा क्वारेन्टिनमा थिए ।

भारतीय सञ्चारमाध्य हिन्दुस्थानले लेखे अनुसार कोरोेना पोजेटिभ देखेपछि सबैजनालाई राजकीय दुन मेडिकल कलेज अस्पतालमा भर्ना हुँदै छन् । आइतवार दुन जिल्लामा ३५ जना कोरोनाका बिरामी देखिएका छन् । यसमा ६ जना भर्तीमा रहेका जवान, ६ जना पहिल्यै दुन अस्पतालमा भर्ना भएका बिरामी, २ जना विकासनगरको एक गाउँका बिरामी, मसुरीका एक सरकारी अस्पतालका चिकित्सकसहित चार जना, चार विरामी जसको एरपोर्टमा नमूना संकलन गर्न गएका थिए ।

सीएमओ डा. बिसी रमोलाका अनुसार सबै बिरामीको स्वास्थ्य विभाग टिम अस्पतालमा भर्ना हुदैछन् । स्वास्थ्य विभाग दुलाहाको सम्पर्कमा आएका मानिसहरुको सूची तयार गरी उनीहरुलाई क्वारेन्टिनमा लिने तयारी गरिरहेको छ । यसपछि यिनीहरु सबैको नमूना जाँचको लागि पठाइनेछ ।