गृहपृष्ठ मनसुन न्यून चापीय रेखा तराई मधेसनजिक, आगामी ५ दिन भारी वर्षाको सम्भावना
मनसुन न्यून चापीय रेखा तराई मधेसनजिक, आगामी ५ दिन भारी वर्षाको सम्भावना
मनसुन न्यून चापीय रेखा तराई मधेसनजिक रहने र पर्याप्त जलवास्पयुक्त हावा पनि भित्रिने सम्भावना रहेकाले साउन १२ देखि १६ गतेसम्म प्रदेश १ र २ मा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार दुवै प्रदेशका अधिकांश स्थानमा बाढी पहिरोको जोखिम रहेको छ ।
आगामी पाँच दिनसम्म गण्डकी, कर्णाली, सुदुरपश्चिम र प्रदेश ५ का मध्ये पहाडी भूभागका नदीहरूमा जलसतह बढ्ने विभागले जनाएको छ । बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदुरपश्चिमका भने केही स्थानमा भने भारी वर्षा हुने विभागको पूर्वानुमान छ । विभागका अनुसार भोटेकोशी र बागमतीमा पनि सामान्य बहाव बढ्नेछ ।
चुरेबाट बग्ने साना र मझौला खोलानालाको वहाव बढ्ने सम्भावना रहेको भन्दै विभागले सर्वसाधारणलाई सावधान रहन र सरोकारवाला निकायलाई सतर्कता अपनाउन भनेको छ ।

प्रकाशित समय : ०१:२९ बजे



















