global ime bank Long Banner Ad

गृहपृष्ठ कोरोना संक्रमित एक करोड निको भए, लगातार ओरालो लाग्दै मृत्युदर

कोरोना संक्रमित एक करोड निको भए, लगातार ओरालो लाग्दै मृत्युदर

कोरोना संक्रमित एक करोड निको भए, लगातार ओरालो लाग्दै मृत्युदर

नोवल कोरोनाभाइरस (कोभिड १९) संक्रमित मृत्यु हुने दर निरन्तर ओरालो लागेको छ । विश्वभर बुधबार बिहानसम्ममा १ करोड ६८ लाख ८३ हजार कोरोना संक्रमित भेटिएकोमा ६ लाख ६२ हजार ४८० जनाको मृत्यु भएको छ । कुल संक्रमितको तुलनामा यो ३.९२ प्रतिशत हो ।

त्यस्तै एक करोड ४ लाख ५० हजार मानिस उपचारपछि घर फर्किएका छन् । यो संख्या कुल संक्रमितको ६१.९ प्रतिशत हो । तीन साताको अवधि कोरोना संक्रमित निको हुने दर ८ प्रतिशतले बढेको छ । असार २३ गते ५४.३९ प्रतिशत संक्रमित निको भएकोमा बुधबार बढेर करिब ६२ प्रतिशत पुगेको हो ।

कोरोनाबाट मृत्यु हुने दर पनि असार २३ गते ४.६१ प्रतिशत रहेकोमा साउन १४ गते ३.९२ प्रतिशतमा झरेको हो ।

कोरोना संक्रमण फैलावट र मृतकको संख्या भने कम भएको छैन । बितेका २४ घण्टामा करिब अढाई लाख संक्रमित थपिएका छन् भने ५ हजार ५६७ जनाको मृत्यु भएको छ । अमेरिकामा ६४ हजार, भारतमा ४९ हजार र ब्राजिलमा ४१ हजार संक्रमति थपिएका छन् । त्यस्तै अमेरिकामा सर्वाधिक एक हजार २४५, ब्राजिलमा ९५५ र भारतमा ७७६ जनाको यो अवधिमा मृत्यु भएको छ ।

यससँगै अमेरिकामा सबैभन्दा धेरै एक लाख ५२ हजार ३२०, ब्राजिलमा ८८ हजार ६३४, बेलायतमा ४५ हजार ८७८, मेक्सिकोमा ४४ हजार २२, इटालीमा ३५ हजार १२३ र भारतमा ३४ हजार २२४ जनाले ज्यान गुमाएका छन् ।

हालसम्म अमेरिकामा ४४ लाख ९८ हजार, ब्राजिलमा २४ लाख ८४ हजार, भारतमा १५ लाख ३२ हजार र रुसमा ८ लाख २३ हजार संक्रमित फेलापरेको वर्ल्डोमिटरले जनाएको छ । निको भएर घर फर्किने अमेरिकामा २१ लाख ८५ हजार, ब्राजिलमा १७ लाख २१ हजार र ९ लाख ८८ हजार छन् । उपचारको दर अमेरिकामा ४८.५९, ब्राजिलमा ६९.२९, भारतमा ६४.५४ र रुसमा ७४.३४ प्रतिशत छ ।

प्रकाशित समय : १३:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु