global ime bank Long Banner Ad

गृहपृष्ठ चार लाख घुस रकमसहित दुई जना अख्तियारको नियन्त्रणमा

चार लाख घुस रकमसहित दुई जना अख्तियारको नियन्त्रणमा

चार लाख घुस रकमसहित दुई जना अख्तियारको नियन्त्रणमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालय सहयोगीसहित दुई जनालाई चार लाख घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । विमानस्थलका कार्यालय सहयोगी (चेन म्यान) विश्वनाथप्रसाद लोध र मतियार महेन्द्रप्रसाद यादवलाई घुस लिइसकेको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको हो ।

जग्गाको मुआब्जा दिलाउन सहजीकरण गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना पाएपछि अख्तियारको बुटवल कार्यालयबाट गएको टोलीले घुस रकमसहित सेन्चुरी कमर्सियल बैंकको भैरहवा शाखा कार्यालय परिसरबाट नियन्त्रणमा लिएको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । दुवैजना माथि अख्तियारले थप अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित समय : १२:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु