global ime bank Long Banner Ad

गृहपृष्ठ रोजगारदाता संस्था र ट्रेड युनियन महासंघबीच द्विपक्षीय सहमति

रोजगारदाता संस्था र ट्रेड युनियन महासंघबीच द्विपक्षीय सहमति

रोजगारदाता संस्था र ट्रेड युनियन महासंघबीच द्विपक्षीय सहमति

रोजगारदाता संस्था र ट्रेड युनियन महासंघबीच कर्मचारीको पारिश्रमिक भुक्तानीका विषयमा द्विपक्षीय सहमति गरेका छन् । उद्योग व्यवसाय र रोजगारदाताहरुको प्रतिनिधित्व गर्ने संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र ट्रेड युनियन महासंघहरुबीच कोरोनाभाइरस महामारीबाट आर्थिक एवं सामाजिक क्षेत्रमा पर्न गएको प्रभाव न्यूनीकरण गर्ने उद्देश्यका साथ लकडाउन अवधिको श्रमिकको पारिश्रमिक भुक्तानीलगायतका विषयमा सहमति भएको हो ।

सहमतिअनुसार उद्योग प्रतिष्ठानले २०७६ चैतको साविकबमोजिम पूरा पारिश्रमिक भुक्तानी गर्नेछन् । वैशाख र जेठको भने ५० प्रतिशत पारिश्रमिकमात्र भुक्तानी गरिने सम्झौतापत्रमा उल्लेख छ ।
उद्योग व्यवसाय क्षेत्रको प्रकृति फरक–फरक हुने भएकोले व्यवसायको प्रकृति र अवस्थाअनुसार उद्योग प्रतिष्ठानको सहज सञ्चालन, लकडाउन अवधिको पारिश्रमिक भुक्तानी र श्रमिकलाई आलोपालो गरी काममा लगाउनेलगायतका विषयमा सम्बन्धित वस्तुगत संघ तथा त्यस क्षेत्रसँग सम्बन्धित उद्योग/प्रतिष्ठानका रोजगारदाता र प्रतिष्ठान स्तरका ट्रेड युनियनले आपसी छलफल गरी सहमति गर्न सक्नेछन् । त्यस्तै लकडाउनका बेला बन्द रहेका उद्योग सञ्चालन गर्ने क्रममा सम्पूर्ण उद्योग प्रतिष्ठानले कर्मचारीको स्वास्थ्य सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाउने पनि सहमति भएको छ ।

सहमतिपत्रमा रोजगारदाताका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषदका सभापति चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषदका उपसभापति भरतराज आचार्य, नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल र नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष मोहन कटुवालले हस्ताक्षर गरेका छन् ।

त्यस्तै संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको तर्फबाट संयुक्त ट्रेड युनियन समन्वय केन्द्र एवं नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्य, संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका महासचिव एवं राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघका अध्यक्ष लालकुमार लामा नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठ, अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिम्खडा, समाजवादी ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष नवराज दाहाल, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष चिरागमानसिंह कुँवर मधेसी ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष पल्टन ठाकुर, ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष हिकमतजंग भण्डारीले हस्ताक्षर गरेका छन् ।

प्रकाशित समय : १२:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु