global ime bank Long Banner Ad

गृहपृष्ठ ‘इनफ इज इनफ’लाई कांग्रेसको साथ, नेताहरु भन्छन्- कांग्रेसकै अभियान हो

‘इनफ इज इनफ’लाई कांग्रेसको साथ, नेताहरु भन्छन्- कांग्रेसकै अभियान हो

‘इनफ इज इनफ’लाई कांग्रेसको साथ, नेताहरु भन्छन्- कांग्रेसकै अभियान हो

सरकारका कतिपय गतिविधिप्रति असहमति जनाउँदै ‘इनफ इज इनफ’ले सुरु गरेको अनसनको आज ११औं दिन बितेको छ । नोवेल कोरोनाभाइरस (कोभिड १९) नियन्त्रण, व्यवस्थापन र रोकथामभन्दा राजनीतिक चलखेलमा सत्तारुढ दल र सरकारले बढी समय बिताएको, कोरोना नियन्त्रणका नाममा अर्बौं भ्रष्टाचार भएको, सर्वोच्चका फैसला ‘अपराधी’कै पक्षमा भएकोलगयतका कारणसहित अभियानमा जुटेका युवाहरु अनसनमा बसेको आज ११ दिन पूरा भएको हो ।

काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा ‘ई’ सहित थुप्रै अभियन्ता सत्याग्रहमा बसेका छन् । भाइरस नियन्त्रण र व्यवस्थापनमा सरकारको भूमिका कमजोर भएकाले अनसनमा बस्नुपरेको उनीहरु बताउँछन् ।

कांग्रेस नेता प्रकाशमान सिंहले ‘इनफ इज इनफ’को अभियान र नेपाली कांग्रेसको अभियान एकै भएकाले साथ दिएको तर यसलाई राजनीतीकरण भएको भन्न नमिल्ने तर्क गरे । ‘सरकारले गर्नुपर्ने काम प्रभावकारी नभए ध्यानाकर्षण गराउनु प्रतिपक्षको धर्म हो, यसमा कसरी राजनीतीकरण भयो ?’ उनले प्रश्न गरे, ‘प्रमुख प्रतिपक्षी दलको हैसियतले सरकारलाई गम्भीर हुन र जनतालाई विश्वास दिलाउन माग गर्नु हाम्रो कर्तव्य हो ।’

अर्का कांग्रेस नेता नवीन्द्रराज जोशीले जनताको दुःखलाई सम्बोधन गर्न र जनताको सेवाका लागि अभियानमा कांग्रेसले साथ दिएको बताए । ‘आमनागरिकको जीवनको सुरक्षाको विषयमा र भ्रष्टाचारको विरुद्धमा आवाज उठाउन एकबद्ध हुन जरुरी छ,’ उनले भने, ‘देशभरका सबै युवा यो अभियानमा एक भएर लाग्नुपर्छ ।’

तस्बिर : कबेन्द्रकुमार रावल

प्रकाशित समय : ०२:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु