global ime bank Long Banner Ad

गृहपृष्ठ नेपालको भूमिमा नेपालीलाई अवरोध नगर्न भारतलाई जवाफी पत्र

नेपालको भूमिमा नेपालीलाई अवरोध नगर्न भारतलाई जवाफी पत्र

नेपालको भूमिमा नेपालीलाई अवरोध नगर्न भारतलाई जवाफी पत्र

दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भएकाले नेपालीलाई प्रवेशमा अवरोध नगर्न भारतलाई दार्चुला जिल्ला प्रशासन कार्यालयले जवाफी पत्र पठाएको छ । भारतले दार्चुलाको कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रलाई आफ्नो भन्दै नेपालीको प्रवेश रोक्न पत्राचार गरेपछि नेपालले जवाफी पत्र पठाएको हो ।

दार्चुला प्रशासनले सीमावर्ती धार्चुलाका जिल्ला अधिकारीलाई पत्र लेखेर भारतले दाबी गरेको क्षेत्र नेपालको भएकाले नेपालीलाई दुःख नदिन जवाफ पठाएको हो । गृह मन्त्रालयको निर्देशनपछि मंगलबार धार्चुलाका जिल्ला अधिकारीलाई जवाफी पत्र लेखिएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए ।

नेपालले भारतलाई लेखेको जवाली पत्रमा ‘सुगौली सन्धी तथा त्यस समयमा प्रकाशित नक्साहरू र ऐतिहासिक तथ्य–प्रमाणबाट लिम्पियाधुरा, नाबी, कुटी, गुन्जी, लिपुलेक, कालापानीलगायत क्षेत्र नेपालको भूभाग रहेको भन्ने प्रस्ट भएकाले यी नेपाली भूभागहरूमा नेपालीको आवतजावत स्वाभाविक नै रहेको हुँदा बाधा–अड्चन नगर्न’ भनिएको छ ।

असार ३० गते भारतको धार्चुला प्रशासनले कालापानी, लिम्पियाधुरालगायत क्षेत्रमा नेपालीहरु अवैध रुपमा चोरीछिपी रहेको भन्दै प्रवेश रोक्न नेपाललाई पत्र पठाएको थियो । पत्रमा ‘भारतीय क्षेत्र गुन्जी, लिपुलेक र लिम्पियाधुरामा नेपाली गुट र समूह अवैध रूपमा चोरीछिपी सीमा पार गर्न कोशिस गरिरहेको विशिष्ट सूत्रबाट जानकारी मिलेको’ उल्लेख थियो ।

प्रकाशित समय : १४:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु