global ime bank Long Banner Ad

गृहपृष्ठ सप्तरीमा मास्क नलगाई हिँड्ने १२३ जना प्रहरीको फन्दामा

सप्तरीमा मास्क नलगाई हिँड्ने १२३ जना प्रहरीको फन्दामा

सप्तरीमा मास्क नलगाई हिँड्ने १२३ जना प्रहरीको फन्दामा

सप्तरीमा मास्क नलगाई हिँड्ने १२३ जना प्रहरीको फन्दामा परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता तिलक भारतीका अनुसार राजविराज बजार क्षेत्रलगायत कञ्चनरुप, कल्याणपुर, शम्भुनाथ बजारबाट मंगलबार मास्क नलगाई हिँड्ने १२३ जनालाई नियन्त्रणमा लिइएको हो ।

हाटबजार र पूर्व-पश्चिम राजमार्गबाट नियन्त्रणमा लिइएका उनीहरूलाई प्रतिव्यक्ति १०० रुपैयाँ जरिवाना तिराएर छाडिएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले आइतबार सूचना जारी गर्दै सार्वजनिक ठाउँमा हिँड्डुल गर्दा अनिवार्य मास्क लगाउन आग्रह गरेको थियो । सूचनामा मास्क नलगाउनेलाई कारबाही गर्ने चेतावनीसमेत दिइएको छ । सरकारको निर्णय अवज्ञा गर्नेलाई नियन्त्रणमा लिई जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

गल्ती गर्नेलाई कानुनअनुसार जरिवाना गरिए पनि कोरोना संक्रमणको जोखिम पुर्‍याउन नहुने भन्दै स्थानीय बुद्धिजीवीले मास्क नलगाउनेलाई नियन्त्रणमा लिनुअघि नि-संक्रमण गर्ने, मास्क उपलब्ध गराउनुपर्ने बताएका छन् ।

नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले सकभर यस्तो अवस्था नै आउन नदिनेतर्फ नागरिक स्वयं सचेत हुनुपर्ने बताए । (रासस)

प्रकाशित समय : १३:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु