गृहपृष्ठ नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु
नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु
कोरोनाभाइरस संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ । पर्साको वीरगञ्जमा रहेको नेसनल मेडिकल कलेजमा उपचाररत ७० वर्षीय पुरुष र गण्डक अस्पतालमा उपचार गराइरहेका ६५ वर्षीय पुरुषको बुधबार मृत्यु भएको हो ।
नारायणी अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा दुवै जनाको नतिजा रिपोर्ट पोजेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए । उनका अनुसार एकजना कोरोना संक्रमित थिए भने अर्का व्यक्तिको मृत्यु भएपछि रिपोर्ट पोजेटिभ आएको छ । पर्सामा मात्रै कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ ।
अब नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ । बुधबार २ सय १० जना थपिएपछि नेपालमा संक्रमितको संख्या १९ हजार २ सय ७३ पुगेको छ । हालसम्म १४ हजार २१ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित समय : ०१:०९ बजे


















