global ime bank Long Banner Ad

गृहपृष्ठ माछापुच्छ्रे बैंक र चिकित्सक संघबीच ‘विशेष बैंकिङ सेवा’ सम्झौता

माछापुच्छ्रे बैंक र चिकित्सक संघबीच ‘विशेष बैंकिङ सेवा’ सम्झौता

माछापुच्छ्रे बैंक र चिकित्सक संघबीच ‘विशेष बैंकिङ सेवा’ सम्झौता

माछापुच्छ्रे बैंक र नेपाल चिकित्सक संघबीच संघसँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आवद्ध रहेका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा संस्थाहरुलाई विशेष बैंकिङ सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा संघका अध्यक्ष डा. लोचन कार्की र बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बुधबार हस्ताक्षर गरे ।

सम्झौताअनुसार चिकित्सा क्षेत्रमा आवद्ध चिकित्सक, स्वास्थ्यकर्मी तथा संस्थाहरुलाई बैंकले विशेष प्राथमिकतामा राखेर बैंकिङ सेवा प्रदान गर्नेछ । बैंकले संघको अफिसियल बैंकको रुपमा आफ्ना सम्पूर्ण शाखा सञ्जालबाट संघका सदस्यहरुलाई निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ सुविधाहरुमा समेत विशेष सहुलियत प्रदान गर्नेछ ।

स्थापना कालदेखि नै आफ्ना ग्राहकहरुका लागि नयाँ-नयाँ प्रविधिमा आधारित सेवासुविधा ल्याउन कटिवद्ध माछापुच्छ्रे बैंकले देशका विभिन्न क्षेत्रमा सेवा विस्तार गरिरहेको छ । हाल १५९ वटा शाखा, १३४ शाखारहित बैकिङ सेवा र ५ एक्सटेन्स काउण्टरसमेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएम तथा १ हजारभन्दा बढी पीओएस (POS Machine)मार्फत बैंकले सेवा प्रवाह गरिरहेको छ ।

प्रकाशित समय : ०१:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु