गृहपृष्ठ नेपाल प्रहरीको प्रवक्तामा एसएसपी कडायत नियुक्त
नेपाल प्रहरीको प्रवक्तामा एसएसपी कडायत नियुक्त
नेपाल प्रहरीको प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुवेर कडायतलाई नियुक्त गरिएको छ ।
बु्धबार नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कडायतलाई प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता कडायतलाई मोबाइल नम्बर ९८५१२९२१११ र ईमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने नेपाल प्रहरीले जनाएको छ ।
प्रकाशित समय : ०१:३१ बजे


















