गृहपृष्ठ भारतमा कोरोना संक्रमितको संख्या १५ लाख ८४ हजार नाघ्यो
भारतमा कोरोना संक्रमितको संख्या १५ लाख ८४ हजार नाघ्यो
भारतमा कोरोनाभाइरस संक्रमितको संख्या १५ लाख ८४ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा ज्यान गुमाउनेको संख्या पनि ३५ हजार नाघेको छ । गएको २४ घण्टामा मात्रै भारतमा ७७९ जनाले ज्यान गुमाए भने ५२ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।
भारतको मुम्बई शहरमा गरिएको परीक्षणको नतिजाले संसारकै दोस्रो सबैभन्दा बढी जनसंख्या भएको मुलुक भारतको कोरोना संक्रमणसम्बन्धी सरकारी तथ्यांकमा सन्देह पैदा गराइदिएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।
संसारकै सबैभन्दा भीडभाडयुक्त शहरहरु भएका तथा जनस्वास्थ्यमा प्रतिव्यक्तिको हिसाबले विश्वमै सबैभन्दा कम खर्च गर्ने भारतमा गत १२ दिनअघि मात्रै संक्रमितको संख्या १० लाख नाघेको थियो ।
गत मंगलबारमात्रै प्रकाशित एक अध्ययनमा कोरानाभाइरस एन्डिबडीको परीक्षणको रिपोर्टले मुम्बईका घना जनसंख्यावाला झुपडपट्टीका ५७ प्रतिशत मानिसहरुमा कोरोनाको संक्रमण भइसकेको देखाएको थियो ।
प्रकाशित समय : १२:५५ बजे



















