गृहपृष्ठ राखेपका सदस्य सचिव सिलवालले लिए पद तथा गोपनियताको शपथ
राखेपका सदस्य सचिव सिलवालले लिए पद तथा गोपनियताको शपथ
राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल र उपाध्यक्ष शिव कोइरालाले बुधबार पद तथा गोपनियताको शपथ लिएका छन् ।
युवा तथा खेलकुद मन्त्रालयमा भएको कार्यक्रमा सचिव सिलवाल र उपाध्यक्ष कोइरालालाई युवा तथा खेलकुदमन्त्री तथा तथा राखेपका अध्यक्ष जगत बहादुर विश्वकर्माले शपथ गराएका हुन् ।
युवा तथा खेलकुद मन्त्रालयले मन्त्रालयकै सचिवको नेतृत्वमा गठन गरेको तीन सदस्यीय समितिले सिफारिस गरेका मध्येबाट सिलवाललाई सोमबार मन्त्रीपरिषदको निर्णयले सदस्य सचिव नियुक्त गरेको थियो ।
नयाँ राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार सिलवालले चार वर्षसम्म सदस्य सचिवकाे जिम्मेवारीमा रहनेछन् ।
प्रकाशित समय : १३:११ बजे



















