गृहपृष्ठ मनसुनी वायुको प्रभावका कारण केही स्थानमा भारी वर्षाको सम्भावना
मनसुनी वायुको प्रभावका कारण केही स्थानमा भारी वर्षाको सम्भावना
मनसुनी वायुको प्रभावका कारण देशभर सामान्य बदली भई केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहीबार मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर नै सामान्य बदली भइरहेको छ ।आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाको पूर्वानुमानअनुसार प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेशको एक/दुई स्थानमा भारी वर्षा हुनसक्ने देखिन्छ । बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना देखिएको छ ।
प्रकाशित समय : १३:४४ बजे



















